तनहुँबाट तास खेलिरहेका १६ जना पक्राउ, एक लाखभन्दा बढी बरामद

तनहुँबाट तास खेलिरहेका १६ जना पक्राउ, एक लाखभन्दा बढी बरामद

तनहुँः नेपाल प्रहरीले तनहुँको भिमाद नगरपालिका-६ बाट तास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ। स्थानीय कुलबहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा १६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ९ हजार ५ सय ५ रुपैयाँ र र ३ बुक ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पुष १३, २०७८ मंगलबार १२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।