जीपमा सिटमुनि लुकाइराखेको १६ किलो चरेश बरामद 

जीपमा सिटमुनि लुकाइराखेको १६ किलो चरेश बरामद 

धनगढी: बझाङबाट धनगढी जाँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेश फेला पारेको छ। सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ जाँदै गरेको से१ज ७१८ नम्बरको जीपमा चेकजाँच गर्दा १६ किलो चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जीपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेश फेला परेको हो।

जीप चालक बझाङको बुंगल नगरपालिका– ११ देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमलाल बोहरालाई नियन्त्रण लिएको कैलाली प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

पुष १३, २०७८ मंगलबार ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।