ग्लोब सकर अवार्ड: एम्बापे, लेवान्डोस्की र रोनाल्डोले जिते

एजेन्सीः स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की र किलियन एम्बापेले ग्लोब सकर अवार्ड जितेका छन्। फ्रेन्च टोलीका फरवार्ड एम्बापेले पुरुषतर्फको 'प्लेयर अफ द इयर' जितेका छन्।
यस्तै पोर्चुगिज टोलीका कप्तान रोनाल्डोले 'टप स्कोरर अफ अल टाइम' विधामा उपाधि हात पारेका छन्। पोलिस टोलीका फरवार्ड रोबर्ट लेवान्डोस्कीले 'फ्यान्स प्लेयर अफ दि इयर' र 'म्यारोडोना अवार्ड'तर्फको उपाधि हात पारे।
यस्तै ग्लोब सकर अवार्डमा 'बेस्ट नेसनल टिम अफ दि इयर' इटालीले जितेको छ। 'बेस्ट क्लब अफ दि इयर' पुरुषतर्फ चेल्सी र महिलातर्फ बार्सिलोनाले जितेको छ।
'बेस्ट डिफेन्डर' लियोनार्दो बोनुची हुँदा 'बेस्ट गोलकिपर' जियानलुगी डोनारुम्माले जिते। यस्तै 'बेस्ट कोच'को उपाधि रोबर्टो मान्सिनीले पाए।
महिलातर्फको वर्ष उत्कृष्ट खेलाडी एलेक्सिया पुटेलासले भइन्।
ग्लोब सकर अवार्डमा झण्डै ५० लाख फुटबल फ्यानले गत २० डिसेम्बरसम्म आफूलाई मनपर्ने खेलाडीलाई मतदान गरेका थिए।
पुष १३, २०७८ मंगलबार ०८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।