आज देशैभर मौसम बदली हुने

आज देशैभर मौसम बदली हुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम बदली हुने जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण देशैभर मौसम बदली हुने भएको हो।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि यही मौसम प्रणाली जारी रहने छ।

पुष १३, २०७८ मंगलबार ०८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।