प्रचण्डको समाजवादी क्रान्तिका १० धनकुबेर

माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रचण्डको समाजवादी क्रान्तिको कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदनमा विश्वका १० प्रमुख धनकुबेरहरूको नाम लेखिएको छ।
फ्रान्सका बेर्नार्ड अर्नल्ट विश्वका प्रमुख १० मध्ये पनि पहिलो नम्बरमा छन्। अर्नल्टसँग १८६.३ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ। अमेजन कम्पनीका मालिक अमेरिकाका जेफट वेनोससँग १८६ बिलियन अमेरिकी डलरको सम्पत्ति रहेको प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा लेखेका छन्।
बेलायतका एलोक मस्कसँग १४७.३ र विल गेट्ससँग १२५.५ बिलियन अमेरिकी डलरमा सम्पत्ति छ।
फेसबुक कम्पनीका मालिक मार्क जुकर वर्गसँग ११४.७ बिलियन अमेरिकी डलरमा सम्पत्ति रहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यस्तै वरेन वफेटसँग १०८.७, ल्यारी एरिसनसँग १०२.३, ल्यारी पेजसँग १००.२, सर्गेइ ब्रिनसँग ९७.१ र अमानिओ ओर्टेगासँग ८९ बिलियन अमेरिकी डलरमा सम्पत्ति रहेको प्रतिवेदनमा उल्लेख छ।
पुष १२, २०७८ सोमबार २१:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।