साम्यवाद र वर्ग सघर्ष हटाउने निर्णयमा माओवादीको आपत्ति 

साम्यवाद र वर्ग सघर्ष हटाउने निर्णयमा माओवादीको आपत्ति 

माओवादी प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्ग सङ्घर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेकोमा आपत्ति जनाएका हुन्। 

माओवादीको विधानमा वर्ग सङ्घर्षलाई समाज विकासको मुख्य आधार भन्ने उल्लेख गरेको छ। 

माओवादी केन्द्रको जारी राष्ट्रिय महाधिवेशनको बन्द सत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले आयोगको निर्णयको प्रतिवाद गरे।

‘कम्युनिस्टहरूको शब्द नै साम्यवाद हो। त्यो नै हटाएपछि त केही बाँकी रहेन’महराले भने,‘निर्वाचन आयोगको उक्त निर्णयप्रति हामी सहमत हुन सक्दैनौँ। हामी छलफल गरेर  निष्कर्षमा पुगौँला।’ 

प्रवक्ता महराले पार्टीको नाम, स्वतन्त्रता र विचार उसको मार्गदर्शक सिद्धान्तका आधारमा बन्ने भन्दै आयोगले यस विषयमा लचकताका साथ सोच्ने बताए। 

संविधान र कानुनमा नभएको कुरा विधानमा राख्न मिल्दैन भन्दै आयोगले माओवादीको विधानबाट ती शब्द हटाइदिएको छ। 

पुष १२, २०७८ सोमबार १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।