कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १६ वटा जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको समितिका सचिव केशव रिजालले जानकारी दिए।
कांग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन सकिएर निर्वाचितहरुले प्रमाणपत्र समेत बुझिसकेपछि निर्वाचन समितिले अधिवेशन हुन नसकेका जिल्लाको अधिवेशन गर्ने मिति तोकेको हो।
जिल्ला कार्य समितिको निर्वाचन हुन बाँकी रहेका जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा छन्। यस्तै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँकी, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन नै हुन सकेको छैन।
पुष १२, २०७८ सोमबार १८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।