सैनिक ईन्टेलिजेन्स कोरमा केसी  र उपत्यका कमान्डमा शर्मा नियुक्त  

सैनिक ईन्टेलिजेन्स कोरमा केसी  र उपत्यका कमान्डमा शर्मा नियुक्त  

उनीहरू दुवैले सोमबार जंगीअड्डामा प्रधानसेनापति प्रभुराम शर्माको हातबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह लिएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। उपरथी दर्जामा पदोन्नति भएका उपरथी के.सी. सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्ति भएका छन्। 

यस्तै उपरथी शर्मा उपत्यका कमान्ड सेनापतिमा नियुक्ति भएका छन्। 

मन्त्रिपरिषद्को निर्णय अनुसार सहायक रथी दर्जामा पदोन्नति भएका सात जना मध्ये चार जना महासेनानीहरूलाई प्रधान सेनापति शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। 

पुष १२, २०७८ सोमबार १८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।