तीन तहको निर्वाचन : एकै पटक कि पटक पटक

गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै पटक गर्ने या पटक पटक गर्ने विषयमा छलफल थालेका हुन्।
स्थानीय तह निर्वाचन पूर्वका सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे भएको छलफलमा गृहमन्त्रीले चुनाव एकै पटक या पटक पटक गर्ने विषय राखेका हुन्।
गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचन र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सुरक्षा सरोकार र आवश्यक पर्ने स्रोत साधनबारे छलफल भएको जानकारी दिए।
छलफलमा सहभागी अर्थ सचिव मधु मरासिनीले निर्वाचनका लागि आवश्यक पर्ने बजेट र सरकारसँग रहेको बजेटबारे जानकारी गराएका थिए।
माघ १२ गते हुने राष्ट्रिय सभाका १९ पदको निर्वाचनमा सुरक्षाबारे गृहमन्त्री खाँणले सुरक्षा समितिको बैठकमा छलफल गर्नु भएको मन्त्री खाँणको सचिवालयले जनाएको छ।
पुष १२, २०७८ सोमबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।