गुर्जुधाराको यातायात कार्यालयबाट नौ जना बिचौलिया नियन्त्रणमा

काठमाडौँ : छिटो काम हुन्छ भन्दै सेवाग्राहीबाट रकम असुल्ने गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट नौ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरू बिचौलिया भएको प्रहरीको दाबी छ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सोमबार ११ बजेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं. ५ मा रहेको यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, व्लुवुक, लगायत कागजातहरूको राजस्व तिर्न गएका सर्वसाधारणहरूलाई बिचौलियाहरूले लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिन खोजेका थिए।
उनीहरूले छिटो छरितो काम गरिदिने भनी आश्वासन दिई जबरजस्ती तानातान गरी अनावश्यक हैरानी दिएको गुनासोका आधारमा प्रहरी खटिएको र उनीहरूले बिचौलिया काम गर्ने शङ्कास्पद ९ जनालाई नियन्त्रण लिएर थानकोट वृत्तबाट थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ।
पुष १२, २०७८ सोमबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।