सेयर बजार राताम्मे, झन्डै ७० अङ्कले घट्यो नेप्से 

सेयर बजार राताम्मे, झन्डै ७० अङ्कले घट्यो नेप्से 

काठमाडौं : सेयर बजार ओरालो लागेको छ। बजार राताम्मे भएको छ। नेप्से ६९.७७ अङ्कले घटेर २५२१.६५ बिन्दुमा कायम भएको छ। 

२३८ वटा कम्पनीका १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर किनबेच भएको छ। ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले  जनाएको छ। 

कारोबारमा आएका १३ वटा उपसमूह सबै राताम्मे भएका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा उपसमूह ६१८.४४ अङ्कले घटेको छ। 

जीवन बिमा २९०.७२, विकास बैङ्क १७३.४६, उत्पादन एवं प्रशोधन ११६.६१ र जलविद्युत उपसमूह १०८.५५ अङ्कले घटेको छ। 

यस्तै अन्य उपसमूह ९३.३, फाइनान्स ७०.६१, व्यापार ६८.२, होटल तथा पर्यटन ४२.०३ र बैङ्किङ उपसमूह २७.११ अङ्कले घटेको छ।

पुष १२, २०७८ सोमबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।