माओवादीको केन्द्रीय कमिटीमा महिला : पार्टीले निर्णय गरे अनुसार हुने

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउन विधान प्रस्ताव गरिएको छ।
माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले २९९ सदस्यीय केन्द्रीय कमिटी हुने विधान मस्यौदा प्रस्तुत गरेका हुन्।
अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव दुई र कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था विधानमा प्रस्ताव गरिएको गुरुङले जानकारी दिए।
पदाधिकारीलाई समावेशी बनाउने भनिए पनि १५ सदस्यीय पदाधिकारीमा कति जना महिला रहने भन्ने उल्लेख छैन।
विधान मस्यौदा प्रस्तुत गरेका गुरुङले पदाधिकारीमा महिलाको प्रतिनिधित्व पार्टीले निर्णय गरे अनुसार हुने बताए।
प्रस्तावित विधानमा केन्द्रीय कमिटीको १० प्रतिशत मनोनीत गर्न सकिने व्यवस्था गरिएको छ।
पुष १२, २०७८ सोमबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।