राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्ड

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्। कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनअन्तर्गतको बन्द सत्रमा सहभागी प्रतिनिधिहरूसमक्ष उनले प्रतिवेदन पेश गरेका हुन्।
प्रचण्डले ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको प्रतिवेदन पेश गर्दैछन्।
आजै नेता देव गुरुङले विधान संशोधनको प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ।
पुष १२, २०७८ सोमबार १३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।