ओमिक्रोनको त्राससँगै भारतका विभिन्न राज्यमा रात्रिकालीन कर्फ्यु

एजेन्सीः कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै भारतको विभिन्न राज्यमा रात्रिकालीन कर्फ्यु घोषणा गरिएको छ। राजधानी दिल्लीमा सोमबारबाट लागू हुनेगरी रात्रिकालीन कर्फ्यु जारी गरिएको छ।
ओमिक्रोन भेरियन्टका सङ्क्रमितको सङ्ख्या वृद्धि भएपछि दिल्लीसहित विभिन्न राज्यमा यस्तो घोषणा गरिएको हो। निषेधाज्ञा राति ११ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ।
पछिल्लो २४ घण्टामा मात्र दिल्लीमा २९० जनामा सङ्क्रमण पाइएको थियो। हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरियन्ट सङ्क्रमण पुष्टि भएको छ।
भारतको आसाम, महाराष्ट्र, उत्तर प्रदेश, हरियाणा, गुजरात, मध्यप्रदेश र कर्नाटक राज्यमा पनि रात्रिकालीन कर्फ्यु लागू हुनेछ।
पुष १२, २०७८ सोमबार १३:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।