सुन तोलामा एक सयले बढ्यो, चाँदी बढ्यो

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रहेको छ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज प्रतितोला १० रुपैयाँले घटेर एक हजार २५० कायम भएको छ।
पुष १२, २०७८ सोमबार १२:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।