माओवादी महाधिवेशन: बन्द सत्र सुरु

माओवादी महाधिवेशन: बन्द सत्र सुरु

काठमाडौंः नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ। बन्द सत्रको कार्यतालिका ११ बजे भए पनि झण्डै एक घण्टा ढिलो गरी सुरु भएको हो।

आजको बन्द सत्रमा विधान संशोधनदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेशन पेश गर्ने कार्यसूची रहेको छ। 

महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा भइरहेको बन्द सत्रमा एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्।

पुष १२, २०७८ सोमबार १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।