माओवादीको महाधिवेशनमा प्रतिनिधिको नि:शुल्क स्वास्थ्य जाँच

काठमाडौं : काठमाडौंको प्रज्ञा भवनमा जारी नेकपा माओवादीको आठौं महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधहरुको नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ।
आज बिहान ७ बजेदेखि सुरु भएको स्वस्थ्य जाँचमा प्रतिनिधिहरुको रगत, रक्तचाप, चिनीरोग र दन्त परीक्षण भइरहेको छ।
नेपाल स्वास्थ्य अभियान युनेस्को समाजले नि:शुल्क गर्ने स्वास्थ्य परीक्षण महाविधेशन अवधिभर चलिरहने आयोजकले जनाएका छन्।
महाधिवेशन अन्तर्गत आज बन्द सत्रको कार्यतालिका रहेको छ। हिजो महाधिवेशनको पहिलो दिन काठमाडौंको प्रज्ञा भवनमा उद्घाटन सत्रको आयोजना गरिएको थियो।
बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिवेदन पेश गर्ने र विधान संशोधनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ।
पुष १२, २०७८ सोमबार १२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।