सरकारी नम्बर प्लेटको ट्रकमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

सरकारी नम्बर प्लेटको ट्रकमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

सर्लाहीः जिल्लाको ईश्वरपुर नगरपालिका-७ केशरीमार्गमा गए राति ट्रकमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन्।

मलंगवास्थित जिल्ला अस्पतालमा उपचारको क्रममा गए राति सवा १० बजे उनको मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन।

गएराती ९ बजे ना४३प ५०१८ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा सरकारी नम्बरको ट्रकमा ठोकिएको थियो।

पुष १२, २०७८ सोमबार ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।