काठमाडौंको कागेश्वरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंः गए राति काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ८ शिवचोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका थली बस्ने सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय राजमान तामाङको उपचारको क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो।
पहेँलो पुलबाट शिवचोकतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०१७प ९८२७ नम्बरको मोटरसाइकल गए राति करिब १२ बजे पल्टिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ।
पुष १२, २०७८ सोमबार ०९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।