माओवादी महाधिवेशन: आज ११ बजेबाट बन्द सत्र

माओवादी महाधिवेशन: आज ११ बजेबाट बन्द सत्र

काठमाडौंः नेकपा माओवादीको जारी आठौं महाधिवेशनअन्तर्गत आज बन्द सत्रको कार्यतालिका रहेको छ। हिजो महाधिवेशनको पहिलो दिन काठमाडौंको प्रज्ञा भवनमा उद्घाटन सत्रको आयोजना गरिएको थियो। 

आज बिहान ११ बजेबाट प्रज्ञा भवनमै बन्द सत्र आयोजना हुनेछ। पुस ११ बाट १५ सम्मका लागि तोकिएको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्दै माओवादीले अरू दुई दिन लम्ब्याउने भएको छ।  

बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिवेदन पेश गर्ने र विधान संशोधनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ।

पुष १२, २०७८ सोमबार ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।