राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रबन्ध मिलाउन छलफल

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रबन्ध मिलाउनेबारे छलफल भएको छ। सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे छलफल भएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए।
‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रबन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समितिको बैठकमा छलफल भयो’, गृहसचिव पाण्डेले भने।
आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदैछ। गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव पाण्डे, रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालालगायतको सहभागिता थियो।
पुष १२, २०७८ सोमबार ०७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।