पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: अधिकांश भागमा मौसम बदली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: अधिकांश भागमा मौसम बदली

काठमाडौंः आइतबारबाट पश्चिम नेपाल हुँदै प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशैभर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी तथा हिमाली भूभागहरूमा सामान्यदेखि पूर्णतया बदली हुनेछ।

हिजो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भएको थियोर यस्तै आज तराईका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा हुनेछ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार र बुधबार सो प्रणाली देशभर फैलिई सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

सो प्रणाली बिहीबारदेखि क्रमिक रूपमा कमजोर बन्दै जाने सम्भावना रहेको छ।

पुष १२, २०७८ सोमबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।