माओवादी मञ्चमा माधव नेपालले भने' मन मिलेपछि बाँकी कुरा मिल्दै जानेछ'

माओवादी मञ्चमा माधव नेपालले भने' मन मिलेपछि बाँकी कुरा मिल्दै जानेछ'

काठमाडौँ :  माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा शुभकामना दिँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको समाज अगाडि बढिसकेकाले अब पछाडि नफर्कने बताएका छन्।

मानिस नेता र पार्टी नियम, विधि र विधान नमान्दा देश असफल हुने गरेको बताउँदै उनले सबैले विधि र नियमको पालना गर्नुपर्ने बताए।

उनले माओवादीले यत्रो तयारी गरेर पनि किन महाधिवेशन नगरी राष्ट्रिय सम्मेलन गर्न लागेको भनेर मनमा लागिरहेको बेलामा महाधिवेशन गरेको भन्दै उनले भने' मन र भावना मिलेपछि बाँकी कुरा मिल्दै जानेछ।'

उनले कुनै व्यक्ति वा संस्थाको तानासाही स्वीकार हुन नसक्ने भन्दै मञ्चमा रहेका एमाले महासचिव शङ्कर पोखरेलप्रति तितो पोखे। उनले एमाले वा केपी शर्मा ओलीको नाम लिएनन् तर तानासाही, विधान नमान्ने भन्दै छेड हान्न भने छाडेनन्।

'पार्टी चलाउन विधि विधान चाहिन्छ। विधि विधान नमान्नेले पार्टी चलाउन सक्दैन। जुनसुकै नेता कार्यकर्ता विधि र विधानको पालना गर्नुपर्छ। विधि मानियो भने देश अगाडि बढ्छ,' उनले भने।

उनले जनतामा नेताहरुप्रति अहिले पनि वितृष्णा रहेको भन्दै त्यसको मुल कारण भ्रष्टाचार रहेको भन्दै त्यसको अन्त्य गर्न सके धेरै समस्याको समाधान हुनसक्ने बताएका थिए।

पुष ११, २०७८ आइतबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।