फुटेका माओवादी एक ठाउँमा ल्याउन सिपी गजुरलेले राखे तीन सुझाव

काठमाडौँ : माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन शत्रमा सहभागी माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले पूर्व माओवादीहरू एकै ठाउँमा उभिने हो भने केही विषयमा महाधिवेशन प्रस्ट हुनुपर्ने बताएका छन्।
उद्घाटन शत्रमा शुभकामना दिन आएका उनले भावुक हुँदै भने' तपाइहरूको महाधिवेशनमा बस्दा कुनै समय माओवादीमा सँगै बसेको अनुभव भएको छ। तपाइको अध्यक्ष कमरेडले माओवादी एकजुट हुनुपर्छ भनेको सम्झिरहेका छौँ। सकारात्मक रूपमा बुझिरहेका छौँ। नेपालमा रहेका सबै कम्युनिस्ट एक हुनुपर्छ।'
उनले माओवादीहरू एकजुट हुने हो भने केही आधार तयार गर्नुपर्ने भन्दै भने' यहाँ तिता मिठा कुरा राख्ने बेला हैन। तै पनि केही कुरा राखौँ।'
उनले सुझावका रूपमा जनयुद्ध सुरु गर्नु अगाडिको केन्द्रीय समितिको बैठकले गरेको निर्णयलाई ब्युँताउनुपर्ने, जनगणतन्त्र बनाउनका निम्ति अगाडि बढ्न महाधिवेशनबाट त्यो कार्यक्रम पारित गर्नुपर्ने र राष्ट्रिय स्वाधीनताका विषयमा केही निर्णय महाधिवेशनले लिए एकता प्रक्रिया अगाडि बढ्न सक्ने बताए।
'एमसिसी खारेज गर्न जोड लगाउँदै यही महाधिवेशनबाट पारित होस्। हामीले गुमाएका भूभागहरू नक्सामा हासिल गर्यौ। साँच्चिकै जग्गा फिर्ताका लागि प्रतिबद्धता जाहेर गरे पार्टी एकताको बहसको ढोका खोल्ने छ,' उनले भने।
पुष ११, २०७८ आइतबार १६:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।