माओवादीलाई सिपी मैनालीको प्रश्न : घोषित लक्ष्यलाई कसले अपहरण गर्यो ?

काठमाडौँ : नेकपा मालेका महासचिव सिपी मैनालीले पटक-पटक व्यवस्था बदल्यौ तर अवस्था बदलिएन भन्दै आम नागरिकले प्रश्न गरिरहेको बताउँदै माओवादी केन्द्रले आठौँ महाधिवेशनबाट उत्तर ल्याउने आशा व्यक्त गरेका छन्।
माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अतिथिका रूपमा बोल्दै उनले आम नागरिकले सोधिरहेका प्रश्नको समीक्षाका गरेर उत्तर नल्याउने हो भने अन्योल बढाउने बताए।
'घोषित लक्ष्यलाई कसले अपहरण गर्यो ? कि त्यो लक्ष्य नै गलत थियो ?' उनले प्रश्न गरे। उनले कतै मुलुक प्रयोगशाला मात्र हुने त हैन भनेर प्रश्न गरेका थिए।
पुष ११, २०७८ आइतबार १६:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।