राप्रपा अध्यक्ष लिङदेन आएनन् माओवादी महाधिवेशनमा

राप्रपा अध्यक्ष लिङदेन आएनन् माओवादी महाधिवेशनमा
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : माओवादी केन्द्रको आठौँ महाधिवेशनमा एमाले र राप्रपाका अध्यक्ष सहभागी भएनन्। एमालेले पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधि बनाएर पठायो भने राप्रपाले महिला महासचिव कुन्ती शाहीलाई प्रतिनिधि बनाएर पठाएको छ।

माओवादी क्रान्तिकारीका तर्फबाट सिपी गजुरेल सहभागी भए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव महाधिवेशनको उद्घाटन शत्रमा सहभागी भएका छन्।

राष्ट्रिय जनमोर्चाबाट पनि दुर्गा पौडेल सहभागी भइन्। महाधिवेशनमा माओवादी छाडेर वरिष्ठ नेताहरु मोहन बैध्य आएनन्। नेत्र विक्रम चन्द समेत महाधिवेशनमा आएनन्।

पुष ११, २०७८ आइतबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।