माओवादी महाधिवेशनमा पुगे माधव नेपाल, केपी ओलीले प्रतिनिधि पठाउने

काठमाडौँ : अन्तिम समयमा पुगेर राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशन बनाएको माओवादी केन्द्रको कार्यक्रममा सहभागी हुन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुगेका छन्।
पहिलो राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने भनेको माओवादीले पछि महाधिवेशन नामकरण गरेपछि अन्य दलका प्रमुख नेताहरूलाई बोलाएको थियो। पहिला ३ बजे गर्ने भनेको उद्घाटन शत्रको समय सारेर ४ बजे पूर्याइएको छ। माओवादीले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका दलका नेताहरूलाई आमन्त्रण गरेको थियो।
आमन्त्रितमध्ये नेपाल सबैभन्दा पहिला कार्यक्रममा पुगेका छन्। चितवनमा भएको एमालेको १० औँ महाधिवेशनमा पुष्पकमल दाहाल प्रचण्ड नगएर प्रतिनिधि पठाएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफू सहभागी नभएर पार्टीको प्रतिनिधि पठाउने भएका छन्।
पुष ११, २०७८ आइतबार १५:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।