धनुषाबाट लोड भएको पेस्तोल बरामद

धनुषाः नेपाल प्रहरीले एक थान लोड भएको पेस्तोल बरामद गरेको छ। औरही गाउँपालिका- २ देउरीस्थित आँपको बगैंचाबाट लोड भएको एक थान कटुवा पेस्तोल प्रहरीले बरामद गरेको हो।
सोही स्थान बस्ने छठ्ठु मुखियाको घरमा अपरिचित व्यक्तिहरूले बाक्सा चोरी गरी बगैंचामा लगि फुटाएको र घरधनीले थाहा पाएपछि होहल्ला गर्दा उनीहरू भागेका थिए।
खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरीले घटनास्थलबाट उक्त हतियार, एक थान मंगलसुत्र र नगद ५ हजार रुपैयाँ समेत बरामद गरेको छ। हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पुष ११, २०७८ आइतबार १४:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।