उदयपुरमा टिपर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

उदयपुरमा टिपर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

उदयपुरः जिल्लाको चौदण्डीगढी नगरपालिका- ५ सुन्दरपुरमा आज बिहान टिपरसँग मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना घाइते भएका छन्।

मोटरसाइकल चालक त्रियुगा नगरपालिका- १ जोगिदहका २६ वर्षीय गंगाराम चौधरीको घटनास्थलमै मृत्यु भएको हो। घाइते भएकी मोटरसाइकलमा पछाडि सवार २५ वर्षीया सङ्गीता चौधरीलाई उपचारका लागि फत्तेपुर अस्पताल पठाइएको छ।

सुन्दरपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश१–०२–००१क ३८९६ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा स१०प ८७९८ नम्बरको मोटरसाइकल आज बिहान ९ बजे सोही टिपरमा ठोकिएको थियो।

टिपरसहित चालकलाई ईलाका प्रहरी कार्यालय सुन्दरपुरले नियन्त्रणमा लिएको छ। 

पुष ११, २०७८ आइतबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।