माओवादी महाधिवेशन दुई दिन लम्बिने, उद्घाटन सत्रमा ओलीलाई बोलाइयो

काठमाडौंः नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आजबाट सुरु हुँदैछ। आज दिउँसो ३ बजेबाट महाधिवेशन सुरु हुने तालिका रहेको छ।
महाधिवेशनको लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य दलका शीर्ष नेताहरूलाई पनि आमन्त्रण गरिएको छ। माओवादीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पनि महाधिवेशनमा सहभागी हुनेछन्। 'उहाँ पनि आउनुहुन्छ, आउनु भएन भने कोही प्रतिनिधि पठाउनु होला', महराले भने।
यस्तै उनले नेपालका सबै राजनीतिक दललाई खबर गरेको पनि बताए।
महाधिवेशनअघि माओवादी केन्द्रको बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकको निर्णय सुनाउँदै उनले आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेको र महाधिवेशनमा यस बारे छलफल हुने बताए। यस्तै आजको बैठकमा विधानमा परिमार्जनको पनि प्रस्ताव पेश गरिएको छ।
यस्तै केही बेरअघि सार्वजनिक भएको पदाधिकारीमा १५ सदस्य रहने प्रावधानमा र २९९ केन्द्रीय सदस्यको सङ्ख्या पनि थपघट हुनसक्ने उनले बताए।
यस्तै यसअघि राष्ट्रिय सम्मेलन भनिए पनि महाधिवेशनमा रूपान्तरण गरेपछि महाधिवेशन समय ५ दिनको हुने भएको छ। पुस १५ मा सकिने कार्यतालिका पुस १७ सम्म पुग्ने भएको हो।
पुष ११, २०७८ आइतबार १२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।