क्रिसमसमा विश्वभर झण्डै ६ हजार उडान रद्द

एजेन्सीः ईसाई धर्मावलम्बी महान् पर्व क्रिसमसको समयमा विश्वभर झण्डै ६ हजार उडान रद्द भएको छ। क्रिसमस इभ, क्रिसमस र त्यसको भोलिपल्ट गरेर संसारभर कुल ५ हजार ९०० उडान रद्द भएका हुन्।
उडानसम्बन्धी सूचना संकलन गर्ने वेबसाइट फ्लाइटअवेरका अनुसार आइतबार मात्र संसारभर एक हजार पाँच सय उडान रद्द भएको थियो। यीमध्ये चीनको ३५० र अमेरिकाको ४५० उडान रद्द भएका हुन्। यी देशका विमान सेवा प्रदायक कम्पनी सबैभन्दा बढी प्रभावित भएका छन्।
विमान सेवा प्रदायक कम्पनीका अनुसार कर्मचारी अभाव र तीव्र गतिमा फैलिएको ओमिक्रोन भेरियन्टका कारण उडान रद्द गर्नुपरेको हो। यस्तै विमानका कर्मचारी कोरोना पोजेटिभ देखिनु पनि उडान रद्द हुनुको कारण हो।
पुष ११, २०७८ आइतबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।