माओवादी महाधिवेशन: ४५० सुरक्षाकर्मी परिचालन

काठमाडौंः नेकपा माओवादी केन्द्रको आजबाट सुरु हुने आठौं महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ। महाधिवेशनका लागि काठमाडौंको सुरक्षा रणनीति पनि परिवर्तन गरिएको छ।
यसअघि तय गरिएको सुरक्षा रणनीतिमा प्रहरी उपरीक्षकको नेतृत्त्वमा ३६४ प्रहरी परिचालन गर्ने भने पनि हाल ४५० सुरक्षाकर्मी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। यस्तै मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिनेछ।
यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत योजना बनाइएको छ।
यसअघि राष्ट्रिय सम्मेलन आयोजना गर्ने र अन्य राजनीतिक दलका नेताहरूलाई सहभागी नगराउने भनिए पनि सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेकाले प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य पार्टीका शीर्ष नेताहरू पनि सामेल हुने भएका छन्।
आज दिउँसो ३ बजे महाधिवेशनको उद्घाटन हुनेछ। महाधिवेशनमा एक हजार ५३३ प्रतिनिधिसहित अन्य नेता कार्यकर्ताहरू पनि सामेल हुनेछन्। महाधिवेशन पुस १५ सम्म चल्नेछ।
पुष ११, २०७८ आइतबार १०:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।