नेपालमा पश्चिमी वायुको प्रभाव: पश्चिमका चारै प्रदेशमा मौसम बदली

काठमाडौंः नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण पश्चिमका चार वटै प्रदेशमा मौसम बदली हुने जनाएको छ।
हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ।
आइतबार दिउँसो देशको गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
पहाडी भूभागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति पनि यही मौसम प्रणाली रहनेछ।
पुष ११, २०७८ आइतबार १०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।