नम्बर नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

नम्बर नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सर्लाहीः जिल्लाको ईश्वरपुर नगरपालिका- १२मा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना घाइते भएका छन्।

नम्बर खुल्न नसकेको सवारी साधनले ना३४प ७०२१ नम्बरको मोटरसाइकललाई गए राति १० बजे ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार सर्लाहीकै लालबन्दी नगरपालिका-७ का ५७ वर्षीय भीम गुरुङको उपचारको क्रममा जिल्ला अस्पतालमा गए राति नै मृत्यु भएको हो।

मोटरसाइकल चालक लालबन्दी नगरपालिका-३ का ४२ वर्षीय जितन चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकललाई ठक्कर दिएपश्चात सवारी साधन लिएर फरार भएका चालकको भने खोजी भइरहेको प्रहरी चौकी फुलजोरले जनाएको छ।

पुष ११, २०७८ आइतबार ०९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।