एमालेबाहेक देशमा वामपन्थी दल छैन: अध्यक्ष ओली

एमालेबाहेक देशमा वामपन्थी दल छैन: अध्यक्ष ओली

झापाः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक देशमा अरू वामपन्थी दल नभएको बताएका छन्। नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने उनको भनाइ थियो। उनले देश बनाउने नीति एमालेबाहेक अरू कसैसँग नभएको पनि बताए। उनले एमालेले नै देश विकासको अभियानलाई उँचाइमा पुर्याएको बताए।

कार्यक्रममा ओलीलाई एमाले झापाका तर्फबाट अभिनन्दनसमेत गरिएको थियो।

पुष १०, २०७८ शनिबार २१:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।