१२ खर्बको जेम्स वेब टेलिस्कोप अन्तरीक्षमा पठाइयो, एलियनको अध्ययन पनि गर्ने

१२ खर्बको जेम्स वेब टेलिस्कोप अन्तरीक्षमा पठाइयो, एलियनको अध्ययन पनि गर्ने

एजेन्सीः नासाले जेम्स वेब टेलिस्कोपलाई अन्तरीक्षमा पठाएको छ। क्रिसमसको सन्दर्भमा एरियन रकेट मार्फत् टेलिस्कोपलाई अन्तरीक्ष पठाइएको हो।

अमेरिकी अन्तरीक्ष एजेन्सी नासासहित युरोपियन स्पेस एजेन्सी र क्यानेडेली स्पेस एजेन्सीले संयुक्त रूपमा तयार गरेको यस टेलिस्कोपलाई बनाउन झण्डै १२ खर्ब रुपैयाँ खर्च भएको बताइएको छ। 

यो संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोप हो। यसले अन्तरीक्षबाट पृथ्वीतर्फ उडिरहेको चरालाई समेत सहजै डिटेक्ट गर्न सक्छ।

यसको माध्यमबाट ब्रह्माण्डको सुरुआतदेखि ग्रहहरूको बारेमा पनि विभिन्न जानकारी लिन सकिने बताइएको छ। यस टेलिस्कोपको माध्यमबाट एलियनहरूको बारे पनि अध्ययन गरिनेछ।

पुष १०, २०७८ शनिबार २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।