नेपालमा कोरोना: थप १६७ मा सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ। ६ हजार ४ सय ४७ जनाको पीसीआर परीक्षण गरिएकोमा १६७ मा सङ्क्रमण पाइएको हो।
पछिल्लो २४ घण्टामै थप २२६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त पनि भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १० हजार ४९७ पुगेको छ।
यता पछिल्लो २४ घण्टामै कोरोनाबाट एक जनाको मृत्यु भएको छ। कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या नेपालमा ११ हजार ५८३ पुगेको छ भने मृत्युदर १.४ प्रतिशत रहेको छ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९७९ रहेको छ।
पुष १०, २०७८ शनिबार १८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।