राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्दै कांग्रेस

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्दै कांग्रेस

काठमाडौंः सत्तारुढ नेपाली कांग्रेसले आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ। पार्टीको दर्ता अद्यावधिक र राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आज नै दल दर्ता गर्ने जनाइएको हो।

आज बसेको कांग्रेसको १४औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजै आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो। आयोगले पुस १० गते अन्तिम समय तोकी दल दर्ताको सूचना प्रकाशन गरेको थियो।

यसैगरी कांग्रेस कार्यसमिति बैठकले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दल दर्ता र अद्यावधिक गर्ने निर्णय समेत गरेको छ।

पुष १०, २०७८ शनिबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।