एमाले अध्यक्ष ओलीको प्रश्न: एमसीसीका बारेमा सरकारको धारणा के हो ? 

एमाले अध्यक्ष ओलीको प्रश्न: एमसीसीका बारेमा सरकारको धारणा के हो ? 

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताएका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

उनले एमसीसीबारे सरकारको धारणा माग गर्दै सरकार नै यस विषयमा प्रष्ट हुनुपर्ने बताएका छन्। उनले भने, “एमसीसीका विषयमा व्यक्तिगतरूपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ।” 

यस्तै ओलीले एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने पनि बताएका छन्। उनले निर्वाचनको विकल्प नभएको भन्दै आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने पनि बताए।

पुष १०, २०७८ शनिबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।