निर्वाचित भएको प्रमाणपत्र बुझेपछि देउवाले भने, कांग्रेस बराबर कुनै पार्टी प्रजातान्त्रिक छैनन्

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बराबर कुनै पनि पार्टी प्रजातान्त्रिक नभएको बताएका छन्।
पार्टी कार्यालय ललितपुर सानेपामा प्रमाणपत्र बुझेपछि देउवाले वडा तहदेखि निर्वाचन सम्पन्न आएको कांग्रेस बराबर अरू कुनै पनि दल डेमोक्रेटिभ नरहेको बताएका हुन्।
उनले स्थानीय तहदेखि आम चुनावसम्म कांग्रेसलाई सबै भन्दा ठुलो दल बन्नु पर्ने चुनौती रहेको उल्लेख गरे। ‘हाम्रो पार्टी डेमोक्रेटिभ छ, जनताकोमा पुगेको छ, कांग्रेसलाई ठुलो चुनौती छ’,देउवाले भने,‘स्थानीय देखि आम चुनावसम्म ठुलो बन्नु छ।’
उनले सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अघि बढाउने बताए। सबैको सहयोगले आफू सभापति भएको भन्दै देउवाले सबैको भावनाको कदर गर्ने बताए।
पुष १०, २०७८ शनिबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।