गगनतिर ढल्के विश्वप्रकाश, गरे कानेखुसी

काठमाडौँ : नेपाली कांग्रेसले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाण पत्र वितरण गरेको छ।
सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङले प्रमाणपत्र बुझेका छन्।
महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मासहित केन्द्रीय पदाधिकारी र सदस्यमा निर्वाचित भएकाहरूलाई कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको हो।
प्रमाण पत्र लिन प्रधानमन्त्री पत्नी आरजु राणा मञ्चमा बसेका पदाधिकारीलाई नमस्कार गर्दै पुग्दा देउवाले सामान्य रूपमा हात अघि बढाए।
प्रमाणपत्र वितरणमा पदाधिकारीको बस्ने रोहमा सभापतिपछि उपसभापतिमा खड्का र गुरुङ बसे। महामन्त्रीमा गगनपछि विश्वप्रकाश बसे।
गगन र विश्वप्रकाशले मञ्चमा केही बेर कानेखुसी पनि गरे। प्रमाण पत्र वितरणको कार्यक्रम चलिरहँदा दुई महामन्त्रीबीच कानेखुसी भएको हो। महामन्त्रीमा गगनले प्रतिस्पर्धी भन्दा धेरै मत ल्याएर निर्वाचित भएका हुन्। उनी महामन्त्री बस्ने रोहमा पहिलो नम्बरमै बसे भने दोस्रो नम्बरमा विश्वप्रकाश बसे।
पुष १०, २०७८ शनिबार १२:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।