चुनाव जितेका कांग्रेसका पदाधिकारी र सदस्यले लिए प्रमाणपत्र  

चुनाव जितेका कांग्रेसका पदाधिकारी र सदस्यले लिए प्रमाणपत्र  

काठमाडौँ : नेपाली कांग्रेसले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेको छ।

पार्टी कार्यालय ललितपुर सानेपामा कांग्रेसको निर्वाचन समितिले पदाधिकारी र सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको हो। 

प्रमाण पत्र वितरण लगत्तै नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पुष १०, २०७८ शनिबार १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।