एकल महिलालाई वर्गीकरण गर्न हुँदैन : मन्त्री रेग्मी

काठमाडौँ : सरकारले द्वन्द्वपीडित एकल महिलालाई भत्ता उपलब्ध गराउने प्रक्रिया सुरु गरेको जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले द्वन्द्वपीडित एकल महिलालाई भत्ता उपलब्ध गराउन आवश्यक पहलकदमी र प्रक्रियामा लागेको बताएकी हुन्।
मानवअधिकारको लागि महिला, एकल महिला समूहको पाँचौं अधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री रेग्मीले एकल महिलालाई वर्गीकरण गर्न नहुने बताइन।
उनले सबै एकल महिलाको हकहितको लागि आफू अग्रपंतिमा रहेर काम गर्न तयार रहेको बताइन। राज्यको हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेको बताउँदै मन्त्री रेग्मीले अधिकार प्राप्तिको लागि सबैले सङ्घर्ष गर्नु पर्ने उल्लेख गरिन्।
मन्त्री रेग्मीले नियमावली र कार्यविधि बनाएर एकल महिला कोषलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन।
पुष १०, २०७८ शनिबार ११:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।