भक्तपुरमा एक वर्षमा ६ जनाको हत्या

भक्तपुर : भक्तपुरमा एक वर्षका अवधिमा ६ जनाको हत्या भएको छ। सन् २०२१ देखि डिसेम्बर २४ सम्म ६ जनाको हत्या र ४१ जना बलात्कारबाट पीडित भएका अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक भक्तपुरले जनाएको छ।
इन्सेकले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा बाल यौन दुव्र्यबहारबाट १० जना, बहुविवाहबाट ९ जना महिला पीडित भएका उल्लेख गरिएको छ।
मानव बेचबिखनबाट ६ जना, घरेलु हिंसाबाट ५ जना, आत्महत्या दुरुत्साहनमा ३ जना पीडित भएका छन्। भक्तपुरमा यो वर्ष ५८ जनाले आत्महत्या गरेका छन्।
सार्वजनिक स्थलमा यौनाङ्ग देखाउने १ जना र अप्राकृतिक मैथुन गराउने एक जना पीडित भएका इन्सेक भक्तपुरले जनाएको छ।
गत वर्ष हत्या ८ जनाको हत्या, ३२ जनाको बलात्कार र ४८ जनामा घरेलु हिंसा भएको थियो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घरभित्र हुने हिंसा बढ्दै गएको र १८ वर्ष मुनिको बालिकाहरू बढी पीडित हुने गरेको बताइन। उनले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्ने बताइन।
पुष १०, २०७८ शनिबार १०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।