कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण, पहिलो बैठक आजै बस्ने 

कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण, पहिलो बैठक आजै बस्ने 

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दै छ। 

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको पार्टीका कार्यालयले मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

कांग्रेसको निर्वाचन समितिले बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण गदै छ। प्रमाणपत्र वितरणको कार्यक्रम सकिएपछि १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी पौडेलले जानकारी दिए। 

१४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन्। कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ। यसैगरी केन्द्रीय सदस्यहरूमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एक/एक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो। 

कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने व्यवस्था छ। 

पुष १०, २०७८ शनिबार ०८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।