इसाई धर्मावलम्लीहरु आज ‘क्रिसमस डे’ मनाउँदै 

इसाई धर्मावलम्लीहरु आज ‘क्रिसमस डे’ मनाउँदै 

काठमाडौं : इसाई धर्मावलम्लीहरुले आज ‘क्रिसमस डे’ मनाउँदै छन्। विश्वका धेरै मानिसले मनाउने ‘क्रिसमस डे’ नेपालमा भने २०६३ पछि महोत्सवका रूपमा मनाउने थालिएको हो। 

‘क्रिसमस डे’ का अवसरमा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव, २०७८ हुँदै छ।

इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने उल्लेख गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरूले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका प्रयास प्रभावकारी देखिए पनि यसको नयाँ स्वरूप ओमिक्रोन सङ्क्रमणका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षित रूपमा हर्षोल्लासपूर्वक यो पर्व मनाउन सबैमा अनुरोध गरेका छन्।

पुष १०, २०७८ शनिबार ०८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।