गृहमन्त्री खाँणले भेटे मृतक एसएसपी यादवको परिवारलाई

बुटवल: गृहमन्त्री बालकृष्ण खाँणले मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको परिवारसँग भेट गरेका छन्। शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाँणले एसएसपी यादवका परिवारसँग भेट गरेर घटनाबारे जानकारी लिएका हुन्।
एसएसपी यादव संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको क्वार्टरमा बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका थिए।
यता मृतक यादवको भैरहवास्थित भीम अस्पतालमा शव परीक्षण गरिएको छ। श्रोतले दिएको जानकारीअनुसार राति नै शव परीक्षण भए पनि परिवारले अन्तिम संस्कारको लागि भोलि मात्र अस्पतालबाट शव लैजाने भएको छ।
पुष ९, २०७८ शुक्रबार २२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।