आयोगको प्रस्ताव: वैशाख १४ मा स्थानीय तहको निर्वाचन

काठमाडौंः निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको छ। आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै आयोगले एकै दिन एकै चरणमा निर्वाचनको मिति तोक्नु उपयुक्त हुने बताएको हो।
यस्तै पहिलो चरणमा सबै स्थानीय निकायको निर्वाचन गर्न सम्भव नभए दोस्रो चरणमा आगामी वेशाख २२ गते गर्न सकिने पनि आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी गराएका थिए।
प्रधानमन्त्रीले भने राजनीतिक दलहरूसँगको छलफलपछि यस विषयमा निर्णय लिने बताएका थिए।
ऐनअनुसार स्थानीय तहको निवार्चनका लागि आयोगले सिफारिस गर्ने र सरकारले मिति तोक्ने व्यवस्था छ। आगामी जेठ ५ गते स्थानीय तहको पदाधिकारीको पदावधि सकिँदैछ।
पुष ९, २०७८ शुक्रबार २१:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।