रुसले गुगललाई ११ अर्ब ७६ करोड जरिवाना तिराउने

रुसले गुगललाई ११ अर्ब ७६ करोड जरिवाना तिराउने

एजेन्सीः विश्व प्रसिद्ध सर्च इञ्जिन गुगललाई रुसले ११ अर्ब ७६ करोड रुपैयाँ जरिवाना तिराउने भएको छ। अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा अमेरिकी कम्पनी गुगललाई जरिवाना गर्ने भएको हो। 

मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना गर्ने आदेश दिएको हो। रुसले सर्च इञ्जिन कम्पनीहरूलाई लागूऔषध, इतिहासका डरलाग्दा घटना र घरेलु हतियारसम्बन्धी सूचना नराख्न आदेश दिँदै आएको थियो। 

गुगलले भने यसबारे प्रतिक्रिया दिनुअघि अदालतको आदेशको गहिरो अध्ययन गर्ने बताएको छ। रुसले गुगललाई गरेको यो जरिवाना रकम गुगलले रुसबाट एक वर्षमा कमाउने रकम बराबर रहेको र गुगलको कुल आम्दानीमध्येको झण्डै ८ प्रतिशत रहेको बताइएको छ।

पुष ९, २०७८ शुक्रबार २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।