१७ जना इन्जिनियरको संघर्ष समेटिएको 'आँगन छोडेपछि' विमोचन

१७ जना इन्जिनियरको संघर्ष समेटिएको 'आँगन छोडेपछि' विमोचन

काठमाडौंः आप्रवासी नेपाली इन्जिनियरका सपना र संघर्षका कथा समेटिएको पुस्तक 'आँगन छोडेपछि' आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ। पुस्तकमा १७ जना इन्जिनियरको विदेशी भूमिमा गरेको संघर्षको संस्मरण लेखिएको छ।  

उक्त पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो। विमोचन कार्यक्रममा लेखक/इन्जिनियर खड्गसेन वली र समालोचक राजकुमार बानियाँले पुस्तकमाथि टिप्पणी गरेका थिए। नियात्राकार जीवा लामिछाने र गोविन्दप्रसाद गौतमले लेखकीय अनुभव साझा गरेका थिए।

पुस्तकका दुईमध्ये एक सम्पादक केशवराज ज्ञवालीले सम्पादनको अनुभव सुनाएका थिए। इन्जिनियरिङ्ग साहित्य समाज (इन्सास)को आयोजनामा भएको कार्यक्रममा शिखा प्रकाशनका पुष्पराज पौडेलको सभापतित्व रहेको थियो।

पुष ९, २०७८ शुक्रबार २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।